२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

एम्बुलेन्समै संक्रमितकाे मृत्यु

शुक्रबार १६, असोज २०७७ ०७:१५

एम्बुलेन्समै संक्रमितकाे मृत्यु

सिरहा । सिरहामा एक कोरोना संक्रमित पुरुषको अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समै मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् । 

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए ।

उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुिष्ट भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।


प्रतिकृया दिनुहोस