२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानियालाई कोरोना संक्रमण पुष्टि

शुक्रबार १६, असोज २०७७ १२:१०

अमेरिकी राष्ट्रपति  ट्रम्प र उनकी श्रीमती मेलानियालाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् ।

कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् ।

बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानियामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका छन् । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । डाक्टर कोन्लेले राष्ट्रपति ट्रम्प र मेलानिया ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि जानकारी दिए ।

ह्वाइट हाउसमा रहेको चिकित्सकको विशेष टोलीको प्रत्यक्ष निगरानीमा राष्ट्रपति र मेलानिया रहने पनि उनले बताए ।

राष्ट्रपति ट्रम्पले बिहीबार बेलुका नै आफ्ना नजिकका सहयोगीलाई कोरोना भएपछि क्वारेन्टाइनमा बस्ने योजना सुनाएका थिए ।

राष्ट्रपति ट्रम्पको क्वारेन्टाइन बसाइ कति लामो हुन्छ भन्नेबारेमा भने केही जानकारी दिइएको छैन । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को गाइडलाइनअनुसार कोरोना पुष्टि भएका व्यक्तिले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । 


#अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

प्रतिकृया दिनुहोस