२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

ब्रोइलर कुखुराको चल्लालाई मेहन्दी लगाएर लोकल कुखुरा भन्दै बिक्री गर्ने चारजना पक्राउ

- विशेष खबर मङ्गलबार १३, असोज २०७७ ०२:०४

ब्रोइलर कुखुराको चल्लालाई मेहन्दी लगाएर लोकल कुखुरा भन्दै बिक्री गर्ने चारजना पक्राउ

काठमाडौं । ब्रोइलर कुखुराको चल्लालाई मेहन्दी लगाएर लोकल कुखुरा भनेर बिक्री गरेको अभियोगमा प्रहरीले चार जनालाइ पक्राउ गरेकेा छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो ।

कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा गएर छापा मार्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएको उनले बताए ।

थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


प्रतिकृया दिनुहोस