२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

कोरोना संक्रमणबाट विश्वभरी मृत्यु हुनेको संख्या १० लाख  नाघ्याे

मङ्गलबार १३, असोज २०७७ ०९:००

कोरोना संक्रमणबाट विश्वभरी मृत्यु हुनेको संख्या १० लाख  नाघ्याे

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभरी मृत्यु हुनेको संख्या १० लाख  नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म भाइरसका कारण १० लाख ५ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर ३ करोड ३२ लाख ७३ हजार नाघेको छ ।

कुल संक्रमितमध्ये २ करोड ३० लाखभन्दा बढी निको भएका छन् । विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको जनाइएको छ । भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ ।

अमेरिकामा भाइरसका कारण २ लाख ५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ७१ लाख ४७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतमा ६० लाख ७४ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् भने ९५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।


#कोरोना संक्रमणबाट विश्वभरी मृत्यु हुनेको संख्या

प्रतिकृया दिनुहोस