२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

साेमबार थप १ हजार ३५१ जनामा काेराेना पुष्टि, ४ जनाकाे मृत्यु

- विशेष खबर सोमबार १२, असोज २०७७ ०८:०८

साेमबार थप १ हजार ३५१ जनामा काेराेना पुष्टि, ४ जनाकाे मृत्यु

काठमाडाैं । साेमबार मुलुकभर थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको बताएका छन् ।

यस्तै  साेमबार कोरोना निको भई ७४२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना निको भइ डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार ६४० पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले  जानकारी दिएका हुन् । 

देशभरका स्वास्थ्य प्रयोगशालामा आज १० हजार ८० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको प्रबक्ता गाैतमले । यसैगरी संस्थागत आइसोलेशनमा आठ हजार ६९५ जना र होम आइसोलेसनमा दश हजार ९२९ जना तथा विभिन्न क्यारेन्टिन छ हजार ३१० जना रहेका छन् । 

यस्तै मुलुकभरका अस्पतालहरुमा हाल कोरोना सङ्क्रमितमध्ये २२५ जनाको आइसियुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस