२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

स्कुटरलाई ठक्कर दिंदा एकै परिवारका ३ को मृत्यु

- विशेष खबर आइतबार ११, असोज २०७७ १०:२८

स्कुटरलाई ठक्कर दिंदा एकै परिवारका ३ को मृत्यु

बारा । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने बाराको पथलैया निजगढ सडक खण्डको जीतपुरसिमरा उपमहानगरपालिका १ मा बसले आइतबार साझ ठक्कर दिंदा स्कुटीमा सवार एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जंगलको बाटोमा पर्ने दुधौरा पुल नजिक उक्त दुर्घटना भएको हो । निजगढबाट पथलैया तर्फ आउँदै गरेको ना४ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढ तर्फ जाँदै गरेको प्रदेश नं.२-०३-००४ प २ नम्बरको स्कुटीलाई ठक्कर दिंदा स्कुटीमा सवार स्कुटी चालक बाराकै निजगढ नगरपालिका -१० का २५ बर्षीय तीर्थमान स्याङ्तान, उनकी २२ बर्षीय पत्नी ज्योती स्याङ्तान र नाम नखुलेका उनका १ बर्षीय छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

फरार बसचालकको खोजी भईरहेको उनले बताए । दुर्घटनामा परेका दुबै गाडी प्रहरीको नियन्त्रणमा छ । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


#दुर्घटना

प्रतिकृया दिनुहोस