२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

आइतबार १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि, थप १० काे मृत्यु

- विशेष खबर आइतबार ११, असोज २०७७ ०४:३४

आइतबार १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि, थप १० काे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १२३ जनाकाे पिसिआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। 

यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।

यस्तै पछिल्लाे २४ घन्टामा १० जनाकाे मृत्यु भएकाे छ । यीसहित हालसम्म संक्रमणबाट मृत्युहुनेकाे संख्या ४७७ पुगेकाे छ । 

 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस