२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

प्रदेश १ र २ का केही स्थानमा वर्षाको सम्भावना

- विशेष खबर आइतबार ११, असोज २०७७ ०२:०६

प्रदेश १ र २ का केही स्थानमा वर्षाको सम्भावना

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

भारतको बिहारमा बनेको न्यूचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । 'आज बेलुकाबाट यी प्रणाली पूर्णरुपमा हटेर जाने छ', मौसमविद् श्रेष्ठले भने । 

यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्ताबाट बाहिरिने मौसमविद्को अनुमान छ । यस अवधिमा कुनै नयाँ प्रणाली विकसित नभए झरी तथा भारी वर्षा हुने सम्भावना नरहेको बताइएको छ ।

हाल प्रदेश नं १ मा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 


#मौसम पूर्वानुमान महाशाखा

प्रतिकृया दिनुहोस