२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

उपत्यकामा ७२४ सहित थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर शनिबार १०, असोज २०७७ ०४:३८

उपत्यकामा ७२४ सहित थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लाे २४ घन्टामा थप १२ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रलयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ११ सय ४७ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार १३ जना पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिगत २४ घन्टामा ७२४ संक्रमित थपिएका छन् । काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् । त्यस्तै २४ घन्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।


प्रतिकृया दिनुहोस