२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ललितपुर महानगरका मेयर चिरिबाबुलाई कोरोना पुष्टि

- विशेष खबर शुक्रबार ०९, असोज २०७७ ०६:१९

ललितपुर महानगरका मेयर चिरिबाबुलाई कोरोना पुष्टि

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ  । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो ।

‘जिउ कटकटी दुख्ने, टाउको दुख्ने समस्या भएपछि स्वाब दिएको थिएँ, रिपोर्ट पोजेटिभ आयो,’महर्जनले भने,‘मेरो सम्पर्कमा रहनु भएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गर्दछु ।’

सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । 


प्रतिकृया दिनुहोस