२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

काेराेना संक्रमण बाट एक सैनिककाे मृत्यु

- विशेष खबर आइतबार ०४, असोज २०७७ ०१:३६

काेराेना संक्रमण बाट एक सैनिककाे मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक नेपाली सेनाका सैनिकको मृत्यु भएको छ । रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय १ जना निको भएका छन् ।


#कोरोना भाइरसको संक्रमण

प्रतिकृया दिनुहोस