२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

विश्वभरीका काेराेना संक्रमित मध्ये २ करोड २३ लाख संक्रमणमुक्त

शनिबार ०३, असोज २०७७ ०६:२६

विश्वभरीका काेराेना संक्रमित मध्ये २ करोड २३ लाख संक्रमणमुक्त

एजेन्सी । कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस संक्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ ।

विभिन्न निकायहरुले दिएको जानकारीअनुसार शनिबार दिउसोसम्ममा विश्वभरी कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या तीन करोड ७ लाख २१ हजार ६६ पुगेको छ । 

त्यसैगरी मृत्यु भएकाहरुको संख्या नौ लाख ५६ हजार ८७६ पुगेको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । कुल संक्रमितमध्ये २ करोड २३ लाख ५३ हजार ३०६ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । त्यस बाहेक विश्वभरी अहिले पनि ७४ लाख आठ हजार ५३१ जना संक्रमित अवस्थामै रहेका छन् । 

विश्वभरी अहिलेपनि संक्रमित अवस्थामै रहेका मध्ये ७३ लाख ४७ हजार ११४ जना मध्यम अवस्थामा रहेका छन् भने अरु ६१ हजार ४१७ जना गम्भीर अवस्थामा रहेका छन् । गम्भीर अवस्थामा रहेकाहरुको अनुपात कुल सक्रिय संक्रमितहरू मध्येको एक प्रतिशत मात्रै हो । 

देश अनुसार हेर्दा विश्वभरी सवैभन्दा धेरै संक्रमितको संख्या अमेरिकामा रहेको छ । अमेरिकामा अहिलेसम्म कुल ६९ लाख २५ हजार ९५१ जना संक्रमित भएका छन् । ती मध्ये दुई लाख तीन हजार १७१ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै संक्रमितहरु रहेको भारतमा अहिलेसम्म ५३ लाख आठ हजार १४ जना संक्रमित भएका छन् भने ८५ हजार ६२५ जनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितहरुको संख्याका आधारमा ब्राजिल तेस्रो स्थानमा रहेको छ । ब्राजिलमा अहिलेसम्म ४४ लाख ९७ हजार ४३४ जना संक्रमित हुँदा एक लाख ३५ हजार ८५७ जनाको मृत्यु भएको छ । 


प्रतिकृया दिनुहोस