२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार ०३, असोज २०७७ ०४:३३

थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ४७ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४५ हजार २ सय ६७ जना पुगेको छ ।

यसैगरी थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस