२०८२ असार १८ गते बुधबार | 2 July, 2025

एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर शुक्रबार ०२, असोज २०७७ ०४:३०

एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा देशभर २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा  ११ हजार ४५८ वटा पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण  पुष्टि भएकाे हाे ।

शुक्रबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ५३ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्।

यीसहित हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

 


प्रतिकृया दिनुहोस