२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

२ सय ८९ कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस

शुक्रबार ०२, असोज २०७७ ०३:२८

२ सय ८९ कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले २ सय ८९ जना कैदीको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

संविधान दिवस–२०७७ को अवसर पारेर सरकारले देशभरका कारागारमा रहेकामध्ये ५० प्रतिशत सजाय भुक्तान गरिसकेका, असल चालचलन भएका र नेगेटिभ अपराधको सूचीमा नपरेका २ सय ८९ जना कैदीको बाँकी सजाय मिनाहा गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

शनिबार संविधान दिवस मनाइँदै छ ।

हरेक वर्ष संविधान दिवस, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कैदीलाई सजाय मिनाहा गर्न सकिने प्रावधान छ ।


प्रतिकृया दिनुहोस