२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बिहीबार थपिए १२ सय ४६ कोरोना संक्रमित

बिहिबार ०१, असोज २०७७ ०४:३१

बिहीबार थपिए १२ सय ४६ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १० हजार ६४१ पीसीआर परीक्षण गर्दा उक्त व्यक्तिमा संक्रमण पुष्टि भएकाे बताए ।

याेसंगै हालसम्म नेपालमा संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ८२ हजार ९१५ परीक्षणहरु गरिएका छन् । 


प्रतिकृया दिनुहोस