२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

बिहिबार ०१, असोज २०७७ ०८:२५

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ ।

पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

पहिराका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटामा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ ।


प्रतिकृया दिनुहोस