२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बलात्कारको आरोपमा प्रदेश सभा सांसद पक्राउ

बुधबार २१, फागुन २०७६ ०७:०८

बलात्कारको आरोपमा  प्रदेश सभा सांसद पक्राउ

धनगढी । नेकपाका  प्रदेश सभा सांसद एक महिलामाथि बलात्कारको दुस्प्रयास गरेको आरोपमा बुधवार पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक बिबाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् ।

प्रदेश सभाका सदस्य रावलका बिरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो । जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्ष कुमार बस्नेतले रावल पक्राउ गरेको बताए ।

प्रहरीले बिहीवार रावललाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने बताएको छ ।रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्बाचित नेकपाका सांसद हुन् । उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक समेत हुन् ।

रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । उनले आफूलाई फसाइएको जिकिर गरेका छन् ।

 


#सुदूरपश्चिम

प्रतिकृया दिनुहोस