२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

आजदेखि लामो दुरीको यातायात सञ्चालनमा

बिहिबार ०१, असोज २०७७ ०७:०२

आजदेखि लामो दुरीको यातायात सञ्चालनमा

काठमाडौं । कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै गत चैत ११ देखि बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि  खुल्दैछन् ।

मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै  बुधबार नेपाल यातायात व्यवसायी महासंघ र मजदुर ट्रेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ ।

यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

सरकारले कोरोना महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ ।  


प्रतिकृया दिनुहोस