२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

उपत्यकाका होटल तथा रेष्टुरेन्ट भाेलिदेखि खुल्ने

बुधबार ३१, भदौ २०७७ ०८:०३

उपत्यकाका होटल तथा रेष्टुरेन्ट भाेलिदेखि खुल्ने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडाैं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ ।

निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभन्जेलसम्म संचालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर/बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर/बिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहने छ ।

काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नभन्जेल खुला गरिएको छ । मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको उनले बताए ।

उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् । काठमाडौं जिल्ला प्रशासनले निषेध गरिएकाहरुका गतिविधिबारे सूचना प्रकाशित गरेको छ ।

सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ ।

 


# काठमाडाैं उपत्यका

प्रतिकृया दिनुहोस