२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

बुधबार उपत्यकामा थपिए ७ सय ३७ संक्रमित

- विशेष खबर बुधबार ३१, भदौ २०७७ ०५:३४

बुधबार उपत्यकामा थपिए ७ सय ३७ संक्रमित
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७ सय ३७ कोरोना संक्रमित देखिएका छन् ।

काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो । 

त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ४९४ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ७२ हजार २७४ परीक्षणहरु गरिएका छन् ।

यस्तै नेपालमा पछिल्लो २४ घन्टामा देशभर १५ सय ३९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।


#काठमाडौं उपत्यका

प्रतिकृया दिनुहोस