२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

मृत्यु भइसकेका व्यक्तिमा कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रलयकाे निर्देशन

- विशेष खबर बुधबार ३१, भदौ २०७७ ०५:२६

मृत्यु भइसकेका व्यक्तिमा कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रलयकाे निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘शवबाट नमुना निकाली कोभिड–१९ परीक्षण गर्ने काम नगर्ने नगराउने ।’

यससम्बन्धी निर्देशिका परिमार्जन गर्दै लैजाने उनले बताए ।

 


#स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस