२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर बुधबार ३१, भदौ २०७७ ०४:३८

थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १० हजार ४ सय ९४ पीसीआर परीक्षण गर्दा थप १५ सय ३९ जना संक्रमित थपिएको जनकारी दिए । 

हालसम्म संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

२४ घन्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किएका प्रवक्ता गौतमले जनाए ।


प्रतिकृया दिनुहोस