२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

बिल गेट्सका बुवाको निधन

बुधबार ३१, भदौ २०७७ ०२:५०

बिल गेट्सका बुवाको निधन

एजेन्सी। माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका बुवा विलियम हेनरी गेट्स द्धितीयको ९४ वर्षको उमेरमा निधन भएको छ ।

उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनी अल्जाइमरका विरामी थिए। विलियम हेनरी गेट्स द्वितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।

उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए। उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् ।

विलियम हेनरी गेट्स द्धितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । उनी ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए ।  


प्रतिकृया दिनुहोस