२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

ज्वराे र श्वास फेर्न समस्या भएर २६ वर्षीय वडासचिवको मृत्यु

बुधबार ३१, भदौ २०७७ ०२:४४

ज्वराे र श्वास फेर्न समस्या भएर २६ वर्षीय वडासचिवको मृत्यु

जाजरकाेट । नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा बुधबार बिहान उनको मृत्युु भएको हो । 

रुकुम पश्चिम मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए ।

निरन्तर ज्वरो आउने र  श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिए ।

मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ । 


प्रतिकृया दिनुहोस