२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

- विशेष खबर बुधबार ३१, भदौ २०७७ १०:३६

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
फाइल तस्बिर।

काठमाडाैं । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति ओम अस्पताल भर्ना भएका हुन्।

उनका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएको थियो।

ज्वरो कम नभएपछि राति ८ बजे कोइराला ओममा भर्ना भएको तिवारीले बताए।

कोइरालाको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न छ।

उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए।

 


#कांग्रेस महामन्त्री डा. शशांक कोइराला

प्रतिकृया दिनुहोस