२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काठमाडौंमा भूकम्प, घरबाहिर निस्किए सर्वसाधारण

बुधबार ३१, भदौ २०७७ ०५:४८

काठमाडौंमा भूकम्प, घरबाहिर निस्किए सर्वसाधारण

 काठमाडाैं । बुधबार बिहानै काठमाडौं उपत्यकालगायतका क्षेत्रमा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ।

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रेक्टर स्केलको भूकम्प गएको हो । 

अमेरिकी भौगर्भिक संस्था युएसजिएसले भने बिहान ५ बजेर १९ मिनेट जाँदा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प भएको उल्लेख गरेको छ।

पृथ्वीको सतहभन्दा १० किलोमिटर मुनिबाट उत्पन्न भएको भूकम्पको केन्द्रबिन्दु कोदारीभन्दा ११ किमी दक्षिण पश्चिम रहेको युएसजिएसले तथ्यांक अपडेट गरेको छ। 

चितवन, पाेखरालगायतका क्षेत्रमा पनि धक्का महशुस गरिएकाे छ । काठमाडाैंमा भूकम्पकाे त्रासले सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

भूकम्पबाट भएकाे क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।


#भूकम्प

प्रतिकृया दिनुहोस