२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

विद्युत प्राधिकरणकाे निमित्त कार्यकारी निर्देशकमा लेखनाथ काेइराला

- विशेष खबर मङ्गलबार ३०, भदौ २०७७ ०८:३२

विद्युत प्राधिकरणकाे निमित्त कार्यकारी निर्देशकमा लेखनाथ काेइराला
फाइल तस्बिर ।

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणकाे निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुन् ।

वरिष्ठतालाई समेत ख्याल गरेर आज मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । 

अर्को व्यवस्था नहुन्जेलका लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो ।


#नेपाल विद्युत प्राधिकरण

प्रतिकृया दिनुहोस