२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

मंगलबार उपत्यकामा थपिए ६ सय ७६ संक्रमित

- विशेष खबर मङ्गलबार ३०, भदौ २०७७ ०४:५८

मंगलबार उपत्यकामा थपिए ६ सय ७६ संक्रमित

काठमाडाैं । मंगलबार काठमाडाैं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना थपिएका हुन् । 

अहिलेसम्म काठमाडौंमा १० हजार २८ जना, ललितपुरमा १ हजार १ सय ९१ जना र भक्तपुरमा १ हजार २९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेहि अबधिमा १ हजार ६२ जना डिस्चार्ज भएका छन् भने थप  ११ जनाकाे मृत्यु भएकाे छ  ।


प्रतिकृया दिनुहोस