२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

पछिल्लो २४ घन्टामा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर मङ्गलबार ३०, भदौ २०७७ ०४:३६

पछिल्लो २४ घन्टामा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा १० हजार ३ सय ७५ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

हालसम्म ५६ हजार ७८८ संक्रमितको संख्या पुगेको जनाए । 

२४ घन्टामा १ हजार ६२ जना डिस्चार्ज र ११ जनाको ज्यान गएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै पछिल्लाे २४ घन्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु भएकाे छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ सय छ।


प्रतिकृया दिनुहोस