२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु पुष्टि

मङ्गलबार ३०, भदौ २०७७ ०२:१५

कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु पुष्टि

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं, रूपन्देही, भक्तपुर, कपिलवस्तु, गोरखा, नवलपरासी, पर्सा, मोरङ, रामेछाप, ललितपुर र सिराहाका गरी १९ जनाकाे मृत्यु पुष्टि भएकाे हाे ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भु, काठमाडौंकी ६१ वर्षीया महिलाको आइतबार नर्भिक अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर भदौ २६ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो । काठमाडाैंकै नागार्जुन नगरपालिका-५ का ६२ वर्षीय पुरुषको आइतबार नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको भदौ २१ गते पुष्टि भएको थियो ।

काठमाडौंका ७० वर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । उनी उच्च रक्तचाप र मिर्गौलाका बिरामी थिए । काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ, काठमाडौंका ७३ वर्षीय पुरुषको ग्राण्डी अस्पतालमा सोमबार मृत्यु भएको छ । निमोनिया तथा श्वासप्रश्वासमा समस्या भएर १५ गते अस्पताल भएका उनलाई कोरोना संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो । उनी उच्च रत्तचाप र मधुमेहका बिरामी थिए ।

वीर अस्पतालमा शनिबार मृत्यु भएका काठमाडौं महानगरपालिका-२५ असनका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी ज्वरो र श्वासप्रश्वासको समस्या भएर भदाै २७ गते अस्पताल पुगेका थिए ।

काठमाडौं महानगरपालिका-१३ छाउनीका ८५ वर्षीय पुरुषको नेपाल भारत मैत्री अस्पतालमा मृत्यु भएको छ । मधुमेहका बिरामीसमेत रहेको उनी निमोनिया र श्वासप्रश्वासमा समस्या भएर २६ गते अस्पताल भर्ना भएका थिए ।

भक्तपुरकाे मध्यपुर थिमी नगरपालिका-५ का ७२ वर्षीय पुरुषको सोमबार गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको छ । मुटुसम्बन्धी समस्या भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि गंगालाल भर्ना गरिएको थियो ।

मध्यपुर थिमी-७ का ७४ वर्षीय पुरुषको मेगा अस्पतालबाट ग्राण्डी लैजाने क्रममा मृत्यु भएको छ । ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल पुगेका थिए । मेगाबाट सोमबार मात्र ग्राण्डी रिफर गरेको थियो ।

कपिलवस्तुकाे शिवराज नगरपालिका-५ का ४७ वर्षीया महिलाको सोमबार कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । मिर्गौला र उच्च रक्तचापको बिरामी उनलाई कोरोना संक्रमण भएको भदौ २१ गते पुष्टि भएको थियो ।

शिवराज नगरपालिका-५ कै ५८ वर्षीय पुरुषको भीम अस्पताल, भैरहवामा आइतबार मत्यु भएको छ । उनी दमको बिरामी थिए र २२ गते संक्रमण पुष्टि भएको थियो ।

रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-११ की ७२ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार साँझ मृत्यु भएको छ । भदौ १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको ११ गतेदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

रूपन्देहीकै सिद्धार्थनगर नगरपालिका-५ की ६४ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या लिएर सोमबार अस्पतालको फिभर क्लिनिक आएकी उनको पीसीआर टेष्ट गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा दिउँसो मृत्यु भएको छ ।

माेरङकाे धनपालथान गाउँपालिका-६ का ४० वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आइतबार मृत्यु भएको छ । अर्थो अब्जरभेसन वार्डमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको उनमा कुनै दीर्घरोग थिएन ।

गाेरखाकाे सुलिकोट गाउँपालिका-८ की ६३ वर्षीया महिलाको वीरेन्द्र अस्पतालमा सोमबार मृत्यु भएको छ । आन्द्राको उपचारका लागि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा २५ गष्ते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नवलपरासी पूर्वकाे गैंडाकोट नगरपालिका-९ की ६२ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर १५ गते अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १७ गते पुष्टि भएको थियो ।

पर्साकाे वीरगञ्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आइतबार मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा १२ गते कोरोना संक्रमण पुष्टि भएपछि गण्डक सारिएको थियो ।

सिरहाकाे कर्जन्हा नगरपालिका-२ की ३५ वर्षीया महिलाको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी चार दिनअघि काव्य हस्पिटलमा भर्ना भएकी थिइन् । आइतबार कोरोना संक्रमण पुष्टि भएपछि प्रादेशिक अस्पताल सारिएको थियो । 

ललितपुरकाे ढोलाहिटीका ५५ वर्षीय पुरुषको आइतबार पाटन अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर १५ गते अस्पताल भर्ना भएका उनी मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।

रामेछापका २३ वर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा आइतबार मृत्यु भएको छ । उनलाई आइतबार नै कोरोना पुष्टि भएको थियो ।


#काेराेना

प्रतिकृया दिनुहोस