२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

सेती नदीमा बगेर महिला बेपत्ता

सोमबार २९, भदौ २०७७ ०८:४७

सेती नदीमा बगेर महिला बेपत्ता

डाेटी । सेती नदीमा बगेर आज एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका–६ कोट बस्ने अन्दाजी ३२ वर्षीया तुलसी बलायर नदीमा बगेर बेपत्ता भएकी हुन् । 

उहाँ आज गाउँ नजिकै सेती नदीमा गएको बेला चिप्लिएर नदीमा खसेको र नदीले बगाएर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुना साथ खोजीका लागि नजिकै रहेको तिल्ताली प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रघुनाथ ओझाको कमाण्डमा प्रहरी टोली खटिए पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । 

प्रहरी तथा स्थानीयवासीले बेपत्ता भएकी महिलाको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव बढी तथा धमिलो पानी भएका कारण खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।
 


प्रतिकृया दिनुहोस