२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज

- विशेष खबर सोमबार २९, भदौ २०७७ ०४:२९

थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज
फाइल तस्बिर ।

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले देशभरका प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ 

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार ३ सय ३९ जना छन् भने ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस