२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरूद्ध

- विशेष खबर सोमबार २९, भदौ २०७७ ०३:४५

नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरूद्ध
फाइल तस्बिर ।

चितवन । नारायणगढ - मुग्लिन सडककाे चार किलाेमा साेमबार दिउँसाे पहिराे जाँदा सडक अवरूद्ध भएकाे छ ।

भरतपुरकाे डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले बाटाे खुल्न कम्तीमा ६ घण्टा लाग्ने बताएका छन् ।

'दिउँसाे सवा दुई बजेतिर पहिराे गएकाे हाे । पन्छ्याउने काम सुरू भएकाे छ । कम्तीमा ६ घण्टापछि एकतर्फी बाटाे खुल्ने सम्भावना छ,' सूचना अधिकारी इन्जिनियर खनालले भने ।

चार किलाेमा गएकाे याे वर्षकाे याे तेस्राे ठूलाे पिहराे हाे । यसअघि दुई पटक ठूलाे पहिराे खसेर तीन–तीन दिन बाटाे थुनिएकाे थियाे।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपकाे दुई लेनकाे सडक बनाउने बेलामा ठाउँ ठाउँमा पहाड काटिएकाे थियाे ।


#सडक अवरूद्ध

प्रतिकृया दिनुहोस