सोमबार २९, भदौ २०७७ ०२:१३
एजेन्सी। विश्वभरी कोरोना भाइरस संक्रमणबाट ९ लाख २८ हजार ३४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।
डब्लुएचओका अनुसार विश्वमा दुई करोड ९१ लाख ८९ हजार ६५५ जना कोरोना भाइरस संक्रमित भएका छन् । यस्तै विश्वमा कोरोना भाइरस संक्रमणबाट दुई करोड १० लाख ३१ हजार ७६८ व्यक्ति संक्रमण मुक्त भएका छन् ।
हाल विश्वमा ७२ लाख २९ हजार ७४७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरु मध्ये ६० हजार ५११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
काेराेना संक्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिकामा ६७ लाख ८ हजार ४५८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यसैगरी अमेरिकामा ३९ लाख ७४ हजार ९४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९८ हजार ५२० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
यस्तै भारतमा ४८ लाख ४६ हजार ४२७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा ३७ लाख ८० हजार १०७ कोरोना भाइरस मुक्त भएका छन् भने ७९ हजार ७५४ जनाको मृत्यु भएको छ ।
यस्तै ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना कोरोनाका संक्रमित रहेका छन् । ब्राजिलमा ३५ लाख ७३ हजार ९५८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३१ हजार ६६३ जनाको मृत्यु भएको छ ।
यस्तै रुस १० लाख ६२ हजार ८११ जना कोरोना भाइरस संक्रमित रहेका छन ।रूसमा ८ लाख ७६ हजार २५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५७८ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस