२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

सोमबार २९, भदौ २०७७ ०१:५१

वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण
तस्बिरः बिजय लामाकाे फेसबुकबाट ।

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए ।

आइतबार उनको रिर्पोट पोजेटिभ आएको थियाे । अहिले उनी सोल्टी होटेलकाे आइसोलेसनमा छन् ।

उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।


#क्याप्टेन विजय लामा

प्रतिकृया दिनुहोस