२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

ओम्नी विजनेस कर्पोरेसन एक वर्षको लागि कालाेसुचीमा

सोमबार २९, भदौ २०७७ १२:५१

ओम्नी विजनेस कर्पोरेसन एक वर्षको लागि कालाेसुचीमा

काठमाडौं । विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी भएको ओम्नी विजनेस कर्पोरेसन इन्टरनेशनल प्रालिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै ओम्नीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको जानकारी दिएको हो ।

ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएको थियो ।

सम्झौताका सर्तअनुसार समयमै स्वास्थ्य सामग्री नल्याएपछि विभागले चैतमै ओम्नीलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।

विभागले सिफारिस गरेको करिब ५ महिनापछि भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो ।


प्रतिकृया दिनुहोस