२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

काेराेना निकाे भएका भारतका गृहमन्त्री शाह अस्पताल भर्ना

आइतबार २८, भदौ २०७७ ०१:११

काेराेना निकाे भएका भारतका गृहमन्त्री शाह अस्पताल भर्ना

एजेन्सी । भारतका संघीय गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । 

पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

उनलाई गत अगस्ट २ तारिखमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो ।

त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरि अस्पताल भर्ना भएका हुन् । 

संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् । 

'गृहमन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ,' अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।


प्रतिकृया दिनुहोस