२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

मंगलबारसम्म हल्कादेखि भारी वर्षाको सम्भावना

आइतबार २८, भदौ २०७७ ०८:२७

मंगलबारसम्म हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन हल्कादेखि भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

हाल देशभर बदली रहेकाले प्रदेश १,प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा मेघ गर्जन र चट्टयाङ सहित वर्षा भइरहेको जनाएको छ।

अहिले काठमाडौंमा पनि भारी वर्षा भइरहेको छ । विभागका अनुसार हाल  मनसुनको  न्युन चापीय  रेखा  नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

विभागले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले ३ दिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 


#जल तथा मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस