शनिबार २७, भदौ २०७७ ११:४४
काठमाडौ । नेपाली सेनाले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गर्ने भीभीआईपी सैनिक विमान विमानस्थलबाट गुडाएर नारायणहिटी दरबार संग्रहालय लगेको छ ।
लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड रहेकाे उक्त विमान शनिबार राति गुडाउँदै सैनिक र प्रहरीको सुरक्षा घेराबीच संग्रहालयमा लगिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जहाज संग्रहालयमा लगिएको हो। त्रिभुवन विमानस्थलबाट तिनकुने बानेश्वर हुँदै जहाजलाई नारायणहिटी दरबार संग्रहालय लगिँदैछ।
पखेटा खोलिएको उक्त विमानलाई अगाडिबाट ट्रयाक्टरले तानेको थियो । शनिबार साँझतिर अचानक सडकमा विमान देखेपछि सवारीचालक र बटुवाले अनौठो मानेर हेरिरहेका थिए ।
प्रतिकृया दिनुहोस