२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

विश्वभर काेराेनाबाट नौ लाख २० हजारभन्दा बढीको मृत्यु

शनिबार २७, भदौ २०७७ ०६:२७

विश्वभर काेराेनाबाट नौ लाख २० हजारभन्दा बढीको मृत्यु

एजेन्सी । विश्वभरि कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

विश्वमा कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या भने दुई करोड पाँच लाख ९४ हजार ८८४ पुगेको छ । 

हाल विश्वमा ७१ लाख ६४ हजार १६४ व्यक्ति कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेका छन् । तीमध्ये ७१ लाख तीन हजार २७४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । त्यसैगरी ६० हजार ८९० जनाको अवस्था भने गम्भीर रहेको पाइएको छ । 

अनुपातमा हेर्दा कूल संक्रमितमध्ये झण्डै ९९ प्रतिशत संक्रमितकाे अवस्था सामान्य रहेको छ भने एक प्रतिशतको अवस्था मात्रै गम्भीर रहेको छ । 

काेराेना भाइरसकाे संक्रमण अहिले विश्वका २१५ देशमा देखिएको छ । 

कोरोना भाइरसबाट बढी प्रभावित भएका देशहरुमध्ये अमेरिका सबैभन्दा अगाडि रहेको छ । 

अमेरिकामा ६६ लाख ३६ हजार २६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये एक लाख ९७ हजार ४२१ जनाको मृत्यु भएको छ । 

दोस्रो धेरै प्रभावित भएको भारतमा ४६ लाख ६३ हजार ९३० जना कोरोना भाइरसबाट संक्रमितत रहेका छन् भने ७७ हजार ५३७ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४२ लाख ८३ हजार ९७८ जना कोरोना भाइरसबाट संक्रमित हुँदा एक लाख ३० हजार ४७४ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  

रुस १० लाख ५७ हजार ३६२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यहाँ कोरोनाकै कारण अहिलेसम्म १८ हजार ४८४ जनाको मृत्यु भएको छ ।


#विश्वभर काेराेना संक्रमण

प्रतिकृया दिनुहोस