२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

धरिलाे हतियार प्रहार गरी महिलाकाे हत्या

शनिबार २७, भदौ २०७७ ०५:४८

धरिलाे हतियार प्रहार गरी महिलाकाे हत्या

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

मादकपदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासंग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । 

खुकुरी प्रहारबाट सख्त घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।

महिलालाई खुकुरी प्रहार गरेर जङ्गलतिर फरार भएका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिप्रकाले जनाएको छ । 


#हत्या

प्रतिकृया दिनुहोस