२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

थप १२ सय २ जनामा काेराेना संक्रमण पुष्टि, ८ सय ५२ जना डिस्चार्ज

- विशेष खबर शनिबार २७, भदौ २०७७ ०४:३३

थप १२ सय २ जनामा काेराेना संक्रमण पुष्टि, ८ सय ५२ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको बताएका छन् 

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५२ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस