२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने ५ उद्याेग कारबाहीमा

शनिबार २७, भदौ २०७७ १२:४४

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने ५ उद्याेग कारबाहीमा

काठमाडौं । मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई औषधि व्यवस्था विभागले कारबाही गरेको छ ।

मापदण्डविपरीत विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएकाे छ ।

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने 'इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल', आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने 'एड्भान्स ह्यान्ड स्यानिटाइजर', सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने 'इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल' र सूर्यमुखी हर्बल प्रोडक्टको 'सूर्यमुखी ह्यान्ड स्यानिटाइजर' मा विषाक्त मिथानोल रहेको पाइएको हो ।

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।

हेर्नुहाेस बिभागकाे सुचनाः


#स्यानिटाइजर

प्रतिकृया दिनुहोस