२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

१३ वर्षीया बालिकामाथि बलात्कार, दुइ युवक पक्राउ

- विशेष खबर शुक्रबार २६, भदौ २०७७ ०६:५३

१३ वर्षीया बालिकामाथि बलात्कार, दुइ युवक पक्राउ

बैतडी  बैतडीमा १३ बर्षीया बालिकामाथि बलत्कार गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बैतडीकाे सुर्नया गाउँपालिका-८ का ३१ बर्षीय अर्जुन साँउद र पुर्चाैडी नगरपालिका-५ का ३० बर्षीय वासुदेव पन्तलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

पुर्चौडी नगरपालिकाकी १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भनेर आफन्तले किटानी दिएका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । दुवैजनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालिएको बैतडीका प्रहरी प्रमुख अधिकारीले बताए। 

घटनामा संलग्न दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रवार नै ५ दिन म्याद थप गरिएको छ। पीडित बालिका आमासँग घर फर्किएकी प्रहरीले जनाएको छ।

यसअघि भदौ २४ गते पनि जिल्लाको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिक्षक, कर्मचारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 


#जबरजस्तीकरणी

प्रतिकृया दिनुहोस