२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

पछिल्लाे २४ घन्टामा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर शुक्रबार २६, भदौ २०७७ ०४:२८

पछिल्लाे २४ घन्टामा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घन्टामा नेपालभर थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७०१ जनामा परीक्षण गर्दा उक्त संख्याका संक्रमित थपिएका हुन्।

शुक्रबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

 


प्रतिकृया दिनुहोस