२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

अगामी साेमबारसम्म वर्षाको सम्भावना

- विशेष खबर शुक्रबार २६, भदौ २०७७ ०३:१०

अगामी साेमबारसम्म वर्षाको सम्भावना

कठमाडाैं । आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पौखरेलले बताए ।

'प्रदेश न १ र  २ वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ', मौसमविद पोखरेलले भने । वर्षा निरन्तर नभई केही समय रोकिँदै फेरि हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।


#मनसुन

प्रतिकृया दिनुहोस