२०८१ बैशाख २० गते बिहिबार | 2 May, 2024

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित

शुक्रबार २६, भदौ २०७७ ०१:२७

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै  काेराेना संक्रमित

नयाँदिल्ली । भारतमा कोराना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।  कुल सङ्क्रमित मध्ये नौ लाख ४३ हजार ४८० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६६४ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।  

भारतमा अहिलेसम्म कोरोनाभाइरसकै कारण मृत्यु भएकाहरुको संख्या ७६ हजार २७१ पुगेको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।भारतका प्रदेशहरु मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सय मानिस कोरोनाभाइरसबाट प्रभावित भएका सक्रिय सङ्क्रमित रहेका छन् ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल छ लाख ८६ हजार ४६२ जना सङ्क्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६०७ जना सङ्क्रमित भएका छन् भने चार हजार ६३४ जनाको मृत्यु भएको छ ।


प्रतिकृया दिनुहोस