२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

अमेरिकाले टिकटक माथि सेप्टेम्बर १५ मै प्रतिबन्ध लगाउछः राष्ट्रपति ट्रम्प

शुक्रबार २६, भदौ २०७७ ०१:१९

अमेरिकाले टिकटक माथि सेप्टेम्बर १५  मै प्रतिबन्ध लगाउछः राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एपमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । 

राष्ट्रपति ट्रम्पले सो एपमाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी दिएका छन्  । 

ट्रम्पले ती एपहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिएका थिए । 'अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन' राष्ट्रपति ट्रम्पले भनेका छन । 

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । 


प्रतिकृया दिनुहोस