शुक्रबार २६, भदौ २०७७ १२:०१
झापा । शुक्रबार बिहान झापामा ५ म्याग्नेच्युडको भूकम्प गएको छ।
झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का झापासहित पूर्वका अन्य केही जिल्लामा पनि महसुस गरिएको छ ।
प्रतिकृया दिनुहोस